• साहित्यकार मदन राईद्वारा लिखित युरोप यात्राका सम्झनाहरु नामक यात्रा संस्मरण कृति सार्वजनिक गरिएको छ । सारांश नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमकाबीच नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नेता नेपालले नेपााली समाजको रुपान्तरणको आवश्यकता रहेको बताए ।

    समाजमा टाउको उठाउन खोज्नेलाई लखेट्ने प्रवृति रहेको भन्दै चूनौतिको समाना गर्नुपर्ने धारणा राखे । उनले नेपाली साहित्यकारको कविताहरु समाज रुपान्तरणको प्रेरणाको स्रोत रहेको बताए । जनताको अनुहारमा मुस्कान ल्याउन र जनताको भावना अनुरुप अघि बढ्न सवै एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।कार्यक्रममा सहभागीहरुले साहित्यकार राईको कृतिको समिक्षा गरेका थिए ।

4565