• गुल्मीको सदरमुकाम तम्घास बजारक्षेत्रवाट पटक पटक सवारी साधन चोरी गर्ने काममा संलग्न एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुंगा नगरपालिका ७ वर्ष २३ का सन्दिप चुँदारा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


    सदरमुकाम स्थीत तम्घास बजारमा घर अगाडि पार्किङ्ग गरि राखेको जीप र मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले चुँदारलाई पक्राउ गरि मंगलबार पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेको थियो । तम्घास बजारमा मेटल वर्कसपमा काम गर्दै आईरहेका चुँदाराले यही फागुन १८ गते राती रेसुङ्गा नगरपालिका १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु.१.च.६१६४ नम्बरको बलेरो डवल क्याप जीप चोरी गरि गुल्मीकै सत्यवती गाउँ पालिकाको उर्लीखोलामा पुराएका थिए ।

    त्यसै गरि फागुन २२ गते चुँदाराले पुनः रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १ सय ५० सिसीको पल्सर मोटर साईकल र सोही दिन राती मिलनचोक स्थित अमित होटल अगाडी कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा ७४ प ९३९० नम्बरको मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक गोपालचन्द्र भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

    सदरमुकाम तम्घासको मुख्य बजारवाट पटक पटक सवारी साधन चोरीका घटनाले स्थानीय बजारवासीहरु त्रसित बनेका थिए भने सुरक्षा निकायलाई पनि थप चुनौती थपिएको थियो । प्रहरीले चोरी भएका सबै सवारी साधनहरुलाई फेला पारेपछि सम्बन्धित सवारी धनीहरुलाई बुझाई सकेको छ । चोरी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गुल्मी जिल्ला अदालतवाट मंगलबार म्याद थप गरि आवश्यक अनुषन्धान शुरु गरेको छ । चुँदाराले पेचकसको सहायताले गाडि स्टार्ट गरि लैजाने र बिच बाटोमा स्टाट बन्द भएपछि उक्त सवारी साधनलाई विच बाटोमै छोडेर पैदलै घर फर्कने गरेको प्रहरीले जनाएको छ ।

4565