-
गुल्मीको सदरमुकाम तम्घास बजारक्षेत्रवाट पटक पटक सवारी साधन चोरी गर्ने काममा संलग्न एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुंगा नगरपालिका ७ वर्ष २३ का सन्दिप चुँदारा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकाम स्थीत तम्घास बजारमा घर अगाडि पार्किङ्ग गरि राखेको जीप र मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले चुँदारलाई पक्राउ गरि मंगलबार पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेको थियो । तम्घास बजारमा मेटल वर्कसपमा काम गर्दै आईरहेका चुँदाराले यही फागुन १८ गते राती रेसुङ्गा नगरपालिका १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु.१.च.६१६४ नम्बरको बलेरो डवल क्याप जीप चोरी गरि गुल्मीकै सत्यवती गाउँ पालिकाको उर्लीखोलामा पुराएका थिए ।त्यसै गरि फागुन २२ गते चुँदाराले पुनः रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १ सय ५० सिसीको पल्सर मोटर साईकल र सोही दिन राती मिलनचोक स्थित अमित होटल अगाडी कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा ७४ प ९३९० नम्बरको मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक गोपालचन्द्र भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
सदरमुकाम तम्घासको मुख्य बजारवाट पटक पटक सवारी साधन चोरीका घटनाले स्थानीय बजारवासीहरु त्रसित बनेका थिए भने सुरक्षा निकायलाई पनि थप चुनौती थपिएको थियो । प्रहरीले चोरी भएका सबै सवारी साधनहरुलाई फेला पारेपछि सम्बन्धित सवारी धनीहरुलाई बुझाई सकेको छ । चोरी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गुल्मी जिल्ला अदालतवाट मंगलबार म्याद थप गरि आवश्यक अनुषन्धान शुरु गरेको छ । चुँदाराले पेचकसको सहायताले गाडि स्टार्ट गरि लैजाने र बिच बाटोमा स्टाट बन्द भएपछि उक्त सवारी साधनलाई विच बाटोमै छोडेर पैदलै घर फर्कने गरेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३





