-
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिएकाछन् । शनिबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिएकोे राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताएको प्रमुख सचेतक भट्टराईको भनाई छ । उनले भने –‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ ।
२४ जना राष्ट्रिय सभाका सदस्यहरु उपस्थित हुनुहुन्छ र केही राष्ट्रिय सभा सदस्यहरुले हामी भोली उपस्थित हुन्छौँ भनेर उनीहरु बाहिर भएका कारणले केही उपस्थित हुन सक्नुभएको छैन । ९१ जना प्रतिनिधि सभाका सदस्यहरु उपस्थित हुनु भो । १ सय १५ जनाको उपस्थिती आज रहेको छ । केही आउँदै पनि हुनुहुन्छ । अहिलेपनि बाटोमै हुनुहुन्छ । हामि असाध्यै उत्साहजनक हिसाबले यो बैठक सम्पन्न ग¥यौँ । प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा चाहीँ आज हामी यहाँ १ सय १५ जना उपस्थिति भयौँ भोली यो संख्या बढ्छ । १ सय २०, १ सय ३० हुँदै यो संख्या बढेर जान्छ । यो देशको पक्षमा, जनताको पक्षमा हामी लागिराखेका छौँ । सरकार त्यस हिसाबले चलिराछ । हाम्रो संसदीय दल त्यस हिसाबले क्रियाशिल छ । त्यसोभएको हुनाले उत्साहजनक हिसाबले अगाडी बढौँ । हामी देश र जनताको पक्षमा छौँ । जित हाम्रो हुन्छ । ढुक्क भएर अगाडी बढौँ भनेर उनले सम्बोधन गरेका थिए ।’
प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गरे । उनले भने – ‘अविश्वासको प्रस्तावको कुरा कसले ल्याउने भनेको छ त्यो हामीलाई जानकारी छैन । तर अविश्वासको प्रस्ताव आए पनि, जे आएपनि मेरो विचारमा त्यो अविश्वासको प्रस्ताव अहिलेको स्थितिमा जसरी सरकार अगाडी बढिराछ त्यस हिसाबले चाहिँ त्यो अविश्वासको प्रस्ताव पास हुने त कुरै छैन । कसैले हिम्मत गर्छ भन्ने मलाइ लाग्दैन ।’
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को संसदीय दल विभाजित नभएको प्रमुख सचेतक भट्टराईले बताए । कानुनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै उनले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गरे । उनले भने – ‘अलिकति नेता र अलिकति केही उहाँहरु अर्को हिसाबले हिडिराख्नु भाको छ । तर नेपाल कम्युनिष्ट पार्टी नेकपा, हाम्रो संसदीय दल र हाम्रो सरकार यो क्रियाशिल अवस्थामा छ । त्यो विभाजित अवस्थामा छैन । संगठित रुपमा नै त्यो अगाडी बढिराछ । त्यसकारणले जो जो बाहिर हिडिरहनु भाछ नेताहरु मेरो विचारमा उहाँहरुले पनि गल्ती कमजोरी महसुस गरेर फर्किनुहुन्छ भन्ने लाग्छ मलाई । समयक्रममा केही ढिला हुनसक्छ कतिपय मानिसहरु भोली फर्किन सक्नुहुन्छ कतिपय मानिसहरुलाई केही ढिला हुनसक्छ तर यो आन्दोलन संगठित रुपमानै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । कानुनी हिसाबले विभाजन हुने कुरा धेरै कठिन कुरा छ । राजनीतिक व्यवहारिक रुपमा केही नेताहरु र केही कार्यकर्ताहरु बाहिर भएको स्थिति छ । यो आन्दोलन भन्दा अलिकति पृथक ढंगले चल्न खोजेको स्थिति छ । तर समयक्रममा उहाँहरुले पनि बुझेर यही आन्दोलनमा जोडिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
शुक्रबार नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । शनिबारको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठक २३ गते अपरान्ह ४ बजे बोलाइएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





