-
म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्र्तराष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीनवटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागीता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताउनुभयो । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले मान्मारका नागरिकले जित्ने पनि बताउनुभयो ।
विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए । म्यानमारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३