• दलित अगुवाहरुले गरे राजधानीमा प्रदर्शन गरेका छन् ।पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसंहारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन ।

    सोति घटनाको मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दासमेत आफुहरुले न्याय नपाएको गुनासो गर्दै न्यायका लागि आन्दोलन गर्नुपरेको जातिय समता समाजका महासचिव भक्त विश्वकर्माले बताउनुभयो । उहाले सोती घटनालाई राजनीतिकरण गर्ने र दोषीहरुलाई छोड्दैजाने खालका गतिविधि आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।

    उहाले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । प्रदर्शनमा सहभागिहरुले पीडितलाई न्याय दे, मानव अधिकारको रक्षा गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

4565