• सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने बताउनुभएको छ ।

    शुक्रबार दोलखा म्यासमुसा खलको कार्यक्रममा बोल्दै मन्त्री गरुङले अहिलेको राजनीतिक परिस्थितिले जस्तो मोड लिए पनि प्रधानमन्त्री ओली नेतृत्वले पुन बहुमत प्राप्त गर्ने बताउतनुभएको हो । उहाले सरकारले लिएको समृद्ध नेपालको लक्ष्य प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएनि नभए नि हासिल गरिरहने बताउनुभयो ।

    मन्त्री गुरुङले देशमा भएको परिवर्तन शहिदहरुको बलिदानले आएको बताउदै चुनौतीको सामना गर्दै नेपालको विकासका लागि सरकार लागिपरेको बताउनुभयो । उहाले नेपाली जनतको सपनालाई साकार पार्न सधै तयार रहने बताउनुभयो ।

4565