-
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दलको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।
शुक्रबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा पत्र लेखि दलको विवाद छिट्टै निरुपण गर्न आग्रह गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ अन्र्तगत दलको विवाद निरुपणको निम्ति आग्रह गरिएको छ । शुक्रबार नेकपाको तर्फबाट नेकपा नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिडारी र मुक्ति प्रधान निर्वाचन आयोग पुग्नुभएको थियो ।
नेकपा नेता लिलामणि पोखरेलले आफुहरु नेकपाको औपचारिक पत्र लिएर निर्णय छिटो गर्न ताकेता गर्नका लागि निर्वाचन आयोग आएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज हामि हामिले निर्वाचन आयोगमा दल सम्बन्धी विवादको बारेमा जे हामिले दाबी गरेका थियौँ । त्यो अहिलेसम्म निर्णय नभएका कारणले ताकेता गर्नको निम्ति आएका ।
चाडै निर्णय गर । निर्वाचन आयोग आफ्नो कर्तव्यबाट कतै च्युत हुँदै त छैन ? उसले समयमा गर्नुपर्ने निर्णय नगरेर त्यसले न्याय दिनुपर्नेमा अन्याय त भइरहेको छैन भन्ने प्रश्न निर्वाचन आयोगसँग राख्न आएका हौँ । हामिले निवेदनसहित लिखित हामिले आजसम्म गरेका निर्वाचन आयोगसँग गरेका पत्राचारहरु समेतलाई उल्लेख गर्दै हामिले औपचारिक रुपमा निवेदन लिएर आएका छौँ ।’
निर्वाचन आयोगले आइतबार बैठक बसेर प्रक्रियालाई अगाडी बढाउने जानकारी दिएको नेता पोखरेलले बताउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





