-
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ । बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई विहिबार पनि खोप दिईएको छ ।
बिहिबार राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताउनुभयो ।
परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘जेष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर । झन बलियो हुन, झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ । कसैले पनि चिन्ता गर्नु पर्दैन । कुनैपनि हालतमा लगाउनुपर्छ । हाम्रो समाजको सुरक्षाको निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ ।’
बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३