-
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार र बिप्लव समूह बीचको वार्ता सफल भएको र अब मुलुकमा शान्ति हुने बताउनुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले मुलुकलाई स्थायीत्व र शान्तितर्फ अघि बढाउन नै बिप्लव समूहलाई राजनीतिको मुलधारमा ल्याउन खोजिएको बताउनुभयो । उहाले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताउनुभयो ।
उहाले केहि दलले प्रधानमन्त्री पदलाई सट्टाबाजीको रुपमा बुझेको भन्दै प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि खेलवाड गर्न नहुने धारणा राख्नुभयो ।
मन्त्री गुरुङले राजनीतिक गढबढीका कारण बिचलित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । सरकार परिवर्तनका कारण कुनै संस्थाको कामकारवाही प्रभावित हुन नहुने उहाको भनाई छ ।
उहाँले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिनुभयो । अब पूर्वाधारको विकाससँगै सेवालाई गाउँसम्म पु¥याउन जरुरी रहेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औँल्याउनुभयो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याइएको जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३