-
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गर्नुभएको छ ।
समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक बिचार गोष्ठिमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासंग सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यमा आउन आग्रह गर्नुभएको हो ।
अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा पनि राख्नुभयो । त्यस्तै उहाले आफुहरुसंग सूर्य चिन्हको नेकपाको बहुमत रहेपछि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
त्यस्तै अध्यक्ष नेपालले सवै दलहरुसंगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने उल्लेख गर्नुभयो । उहाले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमश आफुहरुको पक्षमा आइरहेको दावी गर्नुभयो ।
कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रीक पद्धतीलाई ट्रयाकमा ल्याउनुपर्ने बताउनुभयो । उहाले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थीरता उव्जीने धारणा पनि राख्नुभयो । त्यस्तै उहाले आयोग निष्पक्ष नभए भविष्यमा हुने चूनाव पनि आयोगले निष्पक्ष गराउन नसक्ने जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुईतिहाई ल्याएपनि मुलुकमा अस्थीरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राख्नुभयो । उहाले संविधान बिपरित संसद बिघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाउनुभयो ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३