• सुरक्षाकर्मीले बुधवार ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा लक्ष्मीपुर वेलविछवा प्रहरी चौकीको संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    सीमावर्ती भारतबाट साइकल चढेर नेपाल भित्रिन खोज्दा शंका लागेर चेकजाँच गर्दा प्रहरीले बैरगनिया भकुरहरका १८ वर्षिय निखिल कुमार श्रीवास्तव र श्यामकुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । 
    
    एउटै साइकलमा चढेर नेपाल तर्फ आउँदै गरेका उनीहरुको गतिविधी शंकास्पद रहेकोले चेकजाँच गर्दा शरिर भित्र लुकाई राखेको झोला खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित नुफिन, डाईजेलेप, फेनरागन, डाईजेपाम गरी पाँच सय ४० फाइल बरामद गरेको जिल्ला प्रहरीले जनाएको छ । 
4565