• नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गरेका छन् । आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा लिखित जवाफ पेस गर्न उनी सर्वोच्चको आदेश अनुसार अदालतमा उपस्थित भएका हुन् । विहान एघार बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन । नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहराउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्वप्रधानन्यायाधीश– मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वाेच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन ।

4565