-
सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।
बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गरेको हो । घेराउ कार्यक्रममा उपस्थित भएका बालाजु क्षेत्रका स्थानीयले सडक विस्तार गर्ने नाममा घर भत्काइदिदा आफूहरुको उठिबास भएको बताएका छन् । अहिले सम्म एक रुपैयाँ क्षतिपूर्ति नपाएको पनि उनीहरुले बताए ।
यस्तै बृहत नागरिक आन्दोलनका अभियान्ताहरुले कमल पोखरीमा कंक्रिट प्रयोग गरी कमलको फूल फुलाउँदा पोखरीको मौलिकता नष्ट हुने बताएका छन् । जनताले कंक्रिटको प्रयोग नगर्न माग गरिरहेपनि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नसुनेको पनि बताए । उनीहरुले जनताको आवाज सुन्न र बुझ्न नसक्ने मेयरले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।
महानगरपालिका घेराउ कार्यक्रममा उपस्थित स्थानीयले ‘हाम्रो स्वबासी घरजग्गा हाम्रो अधिकार, हाम्रो माग पुनस्थापना गर’, ‘राज्य संयन्त्रका अङ्गहरुको दुरुपयोग बन्द गर’, ‘बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरुलाई सोही स्थानमा पुनस्थापना गर’, ‘नागरिकहरुको उठिबास हुने÷गर्ने कस्तो सरकार ? कस्तो विकास ?’, ‘यो भूमि या देश प्रर्बते भाषा र भाषिको पेवा होइन’, ‘सम्पदा मास्ने भूत भगाऔं, कमल पोखरी जोगाऔं’ लगायत लेखिएका पम्प्लेट समेत बोकेका थिए ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२