• वीरगञ्जमा बाल विवाह गर्ने बेहुला र गराउने बेहुलाको बुवालाई प्रहरीले मण्डपबाट नै पक्राउ गरेको छ ।बालविवाह भइरहेको गोप्य सूचना प्राप्त हुनसाथै खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ नगवा का १९ वर्षीय बेहुला र ४६ वर्षीय उनका बुवालाई नियन्त्रणमा लिएको हो ।

    वीरगञ्ज १६ स्थित लक्ष्मीनारायण टोलमा १७ वर्षकी बालिकाको विवाह भइरहेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जनाएका छन् । पक्राउ परेका बेहुला र उनका बुवामाथि बालविवाह कसूरमा मुद्दा दर्ता गरीएको छ ।दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

4565