• नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । दाहाल–नेपाल समूहका नेता देव गुरुङलाई हटाएर प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

    नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम प्रतिनिधिसभाको मुख्य सचेतक पदमा भट्टराईलाई मनोनयन गरिएको उल्लेख छ । यसको बोधार्थ संघीय संसद सचिवालयलाई पनि गराइएको छ ।

    भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरेपछि दाहाल नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको थियो ।

4565