-
काठमाडौंका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृह मापदण्ड बिपरित रहेको पाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि कारवाही गरिएको हो ।
प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गरेको थियो, सो क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड बिपरित रहेको पाइएपछि ५०–५० हजार जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै नेपाल टेलिकमको चमेना गृहलाई ५ हजार जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत बिष्णुराज बेलवासेले जानकारी दिए ।केहि चमेना गृह दर्ता बिना सञ्चालन भएको, खाद्यबस्तु गुणस्तर नभएको पाइएको उहाले बताउनुभयो । चमेना गृहका बारेमा मौखिक तथा लिखित उजुरी आएपछि अनुगमन गरिएको बताए ।अनुगमनका क्रममा खाद्य, बाणिज्य, घरेलु बिभागका साथै सुरक्षा निकायको पनि सहभागी गराइएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३