-
सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै अनलाईन लगाएतका सञ्चारमाध्यममा आईपीओ लगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको छ । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिएकाछन ।
अब सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, बिक्री प्रबन्धकको वेबसाइट र धितोपत्र निष्कासन भएको सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै राख्न र उक्त विवरण सञ्चारमाध्यममा नपठाउन सबै ‘इस्यु म्यानेजर’लाई निर्देशन दिएको आचार्यले बताए ।
फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने पनी उनले जानकारी दिए ।धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्थाअनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
“सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकारप्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्ने छ,” धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीको परिच्छेद १० बुँदा नम्बर ४७ मा उल्लेख गरिएको छ ।
“हितग्राही नम्बरबाट लगानीकर्ताको गोप्य सूचना बाहिर गयो भनेर गुनासो आइरहेको थियो । विनियमावलीमा पनि लगानीकर्ताको विरवण आधिकारिक निकायबाट माग भएभन्दा बाहेक दिन नमिल्ने र गोप्य राख्नुपर्ने व्यवस्था रहेका छ,” आचार्यले भने, “सोहीअनुसार हामीले विनियममा भएको व्यवस्थालाई कार्यान्वयन गरेको हो ।”
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





