-
सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै अनलाईन लगाएतका सञ्चारमाध्यममा आईपीओ लगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको छ । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिएकाछन ।
अब सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, बिक्री प्रबन्धकको वेबसाइट र धितोपत्र निष्कासन भएको सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै राख्न र उक्त विवरण सञ्चारमाध्यममा नपठाउन सबै ‘इस्यु म्यानेजर’लाई निर्देशन दिएको आचार्यले बताए ।
फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने पनी उनले जानकारी दिए ।धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्थाअनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
“सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकारप्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्ने छ,” धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीको परिच्छेद १० बुँदा नम्बर ४७ मा उल्लेख गरिएको छ ।
“हितग्राही नम्बरबाट लगानीकर्ताको गोप्य सूचना बाहिर गयो भनेर गुनासो आइरहेको थियो । विनियमावलीमा पनि लगानीकर्ताको विरवण आधिकारिक निकायबाट माग भएभन्दा बाहेक दिन नमिल्ने र गोप्य राख्नुपर्ने व्यवस्था रहेका छ,” आचार्यले भने, “सोहीअनुसार हामीले विनियममा भएको व्यवस्थालाई कार्यान्वयन गरेको हो ।”
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३