-
मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै आफन्त र स्थानीयबासी विराटनगर पुगेकाछन् ।
आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीय मंगलबार न्याय माग्दै विराटनगर पुगेका हुन् । मुद्दा नचल्नुको कारण बारे बुझ्न आफन्त र स्थानीय जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा पुगेका हुन ।प्रहरीले हत्यामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आफन्तहरुले आरोप लगाएका छन् ।
उर्लाबारी–५ का ३१ वर्षीय बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए । प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा गएका थिए । गिरीको घरमा उनका साथी भाडामा बस्छन् ।
ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेका पुर्याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । परिवारका सदस्यले अस्पतालमै मृत्यु भइसकेपछि मात्र प्रवीणलाई भेटेका थिए ।
शङ्कास्पद अवस्थामा मृत भेटिएको घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने बताएको थियो ।
मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो । जसमा एउटा फोटो भने अरु नै व्यक्तिको थियो । फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तले आरोप लगाएकाछन् ।
प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माथि अनुसन्धान गरेको थियो । तर माघ २ गते मुद्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए ।
मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोल गर्दै आएकिछिन् ।
आइतबार र सोमबार दिनभर इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरेका आफन्तले उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले नै अनुसन्धानमा लापरवाही गरेको आरोप लगाएकाछन् ।
प्रहरीले पनि फोटो भुलवस परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले एउटा फोटो मिस्टेक भएको बताए ।फाटो गलत परेकाले तत्काल परिवर्तन गरी छानविनका लागि डिएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको बताए ।
News Desk 0 response मङ्लबार, फाल्गुन ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





