-
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताउनुभएको छ ।
शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसा विभन्न रुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभएको हो ।परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालकालिका माथि हुने घट्ना दोहोरिने खतरा हुने उहाँको भनाई छ । राज्यको अंगहरुमा ३३ प्रतिशत महिला सहभागिता पर्याप्त नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले महिला सहभागितालाई राज्यको अंगहरुमा जनसंख्या आधारमा प्रतिबिम्ब हुनेगरी पु¥याउनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।
मन्त्री ज्ञवालीले विस्तृत शान्ति सम्झौताको अक्षर र भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार लगायतलाई आधार बनाएर संक्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐनमा समयानुकुल संशोधनका लागि सहमती जुटाउन पनि सरकारले पीडितहरुसँग छलफल गरिरहेको उहाँको भनाई छ ।
मन्त्री ज्ञवालीले मानव अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने क्षेत्रमा नेपालले निरन्तर सफलता हासिल गरिरहेको समेत बताउनुभयो । सरकारका सबै निकायहरुले मानव अधिकारको स्प्रिटलाई ध्यानमा राखेरै काम गरेको उहाँको भनाई छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२