• वीरगन्जको छपकैया वडा नम्बर २ ईदगाह चौक नजिकैरहेको रहेको कबाडी गोदाममा बुद्धबार साँझ आगलागी भएको छ । आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भएको छ ।आगलागीबाट दुईलाख पच्चास हजार बराबरको प्लाष्टिक जलिनष्ट भएको पर्साका प्रहरीले बताएको छन । आगलागीको कारण कबाडकमा किनेको लायटर हुनसकने प्रहरीको अनुमान रहको छ ।

    साँझ ६ ३० बजेबाट सुरु भएको आगलागी साँझ ८ बजे नियन्त्रणमा आएको थियो । बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, स्थानिय, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतकाको सहयोगमा आगलागी निभाईएको थियो ।प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३५ फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको थियो भने । आगलागीका कारण केही बेर त्यो क्षेत्रमा स्वाँसप्रश्वासमा समेत समस्या आएको थियो ।

    गोदाम घना बस्ती भएको क्षेत्रमा अवस्थित छ । सो क्षेत्रमा अन्य आधा दर्जनभन्दा बढी प्लाष्टिकका गोदाम तथा उद्योगहरु सञ्चालनमा रहेका छन् । आगलागी भएको गोदामसँगै दुर्गा पेट्रोल पम्प छ । आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका लागि त्रसित भएका थिए ।

4565