-
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि राप्ती खानेपानी आयोजना संचालनमा ल्याइएको छ । राप्ती नदिबाट उपमहानगरपालिकाका सबै वडालाई पुग्ने गरी पानी ल्याउन थालिएको हो ।
बाँकेको सिधनिया घाटस्थित राप्ती नदिमा सम्पवेल निर्माण गरी १६ दशमलव ८ किलोमिटर पाइपलाइनमार्फत नेपालगन्जमा खानेपानी ल्याउन थालिएको छ । राप्तीबाट आएको पानी तीनवटा रिजर्ब ट्यांकीमा जम्मा गरी जनताको घरदेलोमा पु¥याउने खानेपानी संस्थान नेपालगन्जले जनाएको छ । यो आयोजना संचालनमा आएसंगै दैनिक २ करोड ५० लाख लिटर पानी वितरण गर्न सकिने छ । आयोजना अन्तरगत जग्गा प्राप्ती, उपमहानगरपालिकाको पिच सडक, ट्रष्टब्रिज चुनौती रहे पनि विद्युतीकरणको सूचना प्रकाशित गरी सकिएको र ७० प्रतिशत सम्पवेल, ६० प्रतिशत पाइप लाइन बिछाउने काम भएकाले बैशाखको अन्तिमसम्म नतिजा दिने अनुमान गरिएको छ ।
३० करोड ६२ लाख लागतमा हुने निर्माण हुने उक्त खानेपानी आयोजना अन्तरगत नेपालगन्जको कारकाँदो, आलानगर र बागेश्वरी मन्दिर नजिक रहेको खानेपानी ट्यांकीमार्फत पानी वितरण गरिने छ । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न उक्त आयोजना संचालनमा ल्याएको खानेपानी संस्थान नेपालगन्जले जनाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा आयोजनाको काम शुरु भए पनि पाइप खरिदमा अनियमितता तथा कोरोनाका कारण केही ढिलाई भएपछि समयमा सम्पन्न हुन नसकेको संस्थानले जनाएको छ । आगामी आर्थिक वर्ष २०७८ पुस ९ गतेसम्म म्याद थप गरी आयोजना सम्पन्न गरेर खानेपानी सुचारु गर्ने लक्ष्य खानेपानी संस्थानले लिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३