-
पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा( सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्विनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लिला गिरीले अनावरण गरे ।
शालिक अनावरण कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका मन्त्री गिरीले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन भएपछी पर्यटकहरु बढ्ने भएकोले अहिले देखी नै प्रमुख पर्यटकीय गन्तव्यहरु संग लिंकअप गर्नको लागी प्रदेश सरकारले जिल्ला जिल्लामा पर्यटन पुर्वाधारको काम गर्दै आएको बताए ।
पाल्पा पर्यटकीय हिल स्टेशन रहेकोले पर्यटकिय केन्द्रको रुपमा विकास गर्न स्थानीयवासीहरु पनि सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए । पर्यटकहरु लाई आकर्षण गर्न स्थानीयवासीहरुले अतिथी सत्कार देखी प्याकेज तथा संस्कृतीको विषयमा जोड दिनुपर्ने बताए । पाल्पा दरवार संग्रहालयका सबै कोठाहरु संग्रहालयकै रुपमा प्रयोग गरिने मन्त्री गिरीले बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख डा. मोहन पौडेल, ईतिहासविद निर्मल श्रेष्ठले पाल्पा दरवारमा भईरहेको कामको बारेमा जानकारी गराएका थिए । पाल्पा दरवार अझै सुन्दर बनाउन कार्यालयको तर्फ अझ सक्रिय भएर काम गर्ने कार्यालय प्रमुख पौडेलले बताए ।
कार्यक्रम तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले गरेका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३