काठमाडौं महानगर : ४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड
सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ
-
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ ।
महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं महानगरपालिकाले आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न सकेको छैन ।
महानगरपालिकाले चार महिनाको अवधिमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६ प्रतिशत मात्रै हो । यो वर्षका लागि काठमाडौं महानगरपालिकाले १४ अर्ब २६ करोडको बजेट ल्याएको थियो ।
पहिलो चार महिनाको अवधिमा प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२ करोड ३२ लाख खर्च भएको छ । यो चालु आर्थिक वर्षको लागि प्रशासनिक र कार्यालय सञ्चालन खर्चमा विनियोजित कुल बजेटको ३३.४४ प्रतिशत हो । यो वर्ष महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ ।
यही अवधिमा पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ । ४ महिनामा काठमाडौं महानगरपालिकाले ३२ करोड ९४ लाख मात्रै विकास खर्च गरेको छ । यो शीर्षकमा विनियोजित बजेटको ३.४८ प्रतिशत मात्रै हो । यो वर्ष काठमाडौं महानगरले पूर्वाधार विकासका लागि ७ अर्ब ८४ करोड ६७ लाख बजेट विनियोजन भएको छ ।
महानगरपालिकाले सुसासनका लागि भनेर चार महिनामा ३ करोड ७९ लाख खर्च गरेको छ । यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १ अर्ब ८ करोड छुट्याइएको छ । यो शीर्षकमा महानगरपालिकाले ४ महिनमा ३. ४८ प्रतिशत मात्रै खर्च गरेको छ ।
आर्थिक विकास शीर्षकमा ३ करोड ६९ लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४ करोड ३० लाख खर्चिनुपर्नेछ ।
सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ । यो विनियोजनको १४.४२ प्रतिशत मात्रै हो ।
महानगरपालिकाले यो अवधिमा सहायता शीर्षकमा २ करोड २० लाख रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई बाँडेको छ ।
शरद खतिवडा 0 response बुधबार, पुस ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३





