-
२१ फागुन, काठमाडौं । कांग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चयन भएका छन् । यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई धक्का लागेको छ ।
दलको चुनावमा देउवालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिएका थिए । दलको नेता देउवा हुने प्रष्ट थियो तर, सिंहले कति मत पाउँछन् भन्ने विषयलाई अर्थपूर्ण मानिएको थियो ।
प्रतिनिधिसभाका ६३ सांसदमध्ये ४४ जनाले देउवालाई भोट दिए भने सिंहले १९ मत मात्र पाएका छन् । दलको चुनावमा देउवा रामचन्द्र पौडेल समूहका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल देखिएको नेताहरुले बताएका छन् ।
यसले देउवालाई थप बलियो बनाएको छ । देउवा निकट सांसद मीन विश्वकर्मा भन्छन्, ‘नेतृत्व परिर्वतनको कुरा बाहिर जति भए पनि उहाँहरुको संगठनमा पकड थिएन र पार्टीमा अहिले पनि देउवाको नेतृत्व आवश्यक छ भन्ने सन्देश दिएको छ ।’
मिनेन्द्र रिजालले गुट फेरे !
देउवाविरुद्ध सिंहलाई उम्मेदवार बनाउँदै गर्दा पौडेल समूहले १९ देखि २७ भोटको हिसाब निकालेका थिए । पौडेल समूहका १९, कृष्ण सिटौला समूहका तीन र खुमबहादुर खड्का समूहका ५ सांसद सांसद छन् । देउवा समूहमा पनि केही असन्तुष्ट थिए ।
तर, सिंहले १९ भोट मात्र पाए । सिटौला समूहका तीन सांसदमध्ये गगन थापा खुलेर प्रकाशमान सिंहको पक्षमा लागेका थिए । भीमसेनदास प्रधानले प्रकाशमान सिंहलाई भोट दिएनन् भने उमाकान्त चौधरीलाई अन्तिमसम्म सिंहको पक्षमा तान्ने प्रयास भएको थियो ।
पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ ।
पौडेल समूहका एक नेताका अनुसार हार पक्का भए पनि सिंहले पाएको मत कम हो । पौडेल समूहमा रहेका केही नेताले देउवालाई भोट दिएको बुझिएको छ ।
पछिल्लो समय मिनेन्द्र रिजाल देउवासँग नजिक भएका छन् । उनलाई प्रमुख सचेतक बनाउने देउवाको तयारी छ । एक समय देउवा निकट रहेका उनी सुशील कोइराला हुँदा यता आए । १३ औं
महाधिवेशनमा पनि उनी पौडेल समूहमै थिए ।
यस्तै पौडेल समूहका नारायण खड्का, प्रमोद यादवलगायतले पनि देउवालाई भोट दिएको अनुमान छ ।
News Desk 0 response सोमवार, फाल्गुन २१, २०७४
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२