स्थानीय निकायको निर्वाचन अपरिहार्य : सभापति देउवा
सीमा र सङ्ख्या निर्धारण गरेर मात्र स्थानीय निकायको निर्वाचन
-
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई सबै दलले आत्मासात् गरी अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो ।
संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र, सीमा र सङ्ख्या निर्धारण गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
स्थानीय निकायको निर्वाचन नभएको झन्डै २० वर्ष पुगेको छ । स्थानीय निकायको निर्वाचन नहुँदा सर्वसाधारणको विकास निर्माणमा प्रत्यक्ष सहभागिता हुन सकेको छैन ।
कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएको औँल्याउँदै सबै दलको साझा समझदारी बन्नुपर्ने बताउनुभयो । तरुण साप्ताहिक पत्रिकाका प्रधान सम्पादक परशुराम घिमिरेले सम्पादन गर्नुभएको सो कृतिले २००३ देखि २००७ सम्म सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनका गतिविधि तथा महत्वपूर्ण ऐतिहासिक घटनाको सङ्कलन गरेको छ ।
कार्यक्रममा सो पत्रिकामा लामो समयसम्म कार्यरत पत्रकार विन्दुकान्त घिमिरेलाई नगद रु २१ हजार र कदरपत्र प्रदान गरी सभापति देउवाले सम्मान गर्नुभएको थियो ।
शरद खतिवडा 0 response सोमवार, फाल्गुन १४, २०७४
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२