स्थानीय निकायको निर्वाचन अपरिहार्य : सभापति देउवा
सीमा र सङ्ख्या निर्धारण गरेर मात्र स्थानीय निकायको निर्वाचन
-
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई सबै दलले आत्मासात् गरी अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो ।
संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र, सीमा र सङ्ख्या निर्धारण गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
स्थानीय निकायको निर्वाचन नभएको झन्डै २० वर्ष पुगेको छ । स्थानीय निकायको निर्वाचन नहुँदा सर्वसाधारणको विकास निर्माणमा प्रत्यक्ष सहभागिता हुन सकेको छैन ।
कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएको औँल्याउँदै सबै दलको साझा समझदारी बन्नुपर्ने बताउनुभयो । तरुण साप्ताहिक पत्रिकाका प्रधान सम्पादक परशुराम घिमिरेले सम्पादन गर्नुभएको सो कृतिले २००३ देखि २००७ सम्म सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनका गतिविधि तथा महत्वपूर्ण ऐतिहासिक घटनाको सङ्कलन गरेको छ ।
कार्यक्रममा सो पत्रिकामा लामो समयसम्म कार्यरत पत्रकार विन्दुकान्त घिमिरेलाई नगद रु २१ हजार र कदरपत्र प्रदान गरी सभापति देउवाले सम्मान गर्नुभएको थियो ।
शरद खतिवडा 0 response सोमवार, फाल्गुन १४, २०७४
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३