• चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको जनाएको हो ।

    मृतक गुरुङको बैंक खाता किर्ते गरेर नौ लाख रुपैयाँ निकालेको र यही बिषय लुकाउन हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । ढकालका साथबाट एकथान एसएमजी, बैंकबाट निकालेको पैसा र नौं राउड गोली समेत बरामद भएको छ ।

    चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा गोली लागेर मृतावस्थामा गुरुङको शव बिहीबार फेला परेको थियो । हत्या गरिएका गुरुङ धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी हुन ।

4565