• विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र प्राविधिकहरु बीच ७ बुँदे सहमती भएपछि उनीहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको छ ।

    आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पुरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफुहरुको माग पुरा भएको र आजैको मितिदेखि काममा खटिने बताए ।

    प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७÷०७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा अन्तर्गत रही कार्यरत इन्जिनीयर राजा साहको कामकै दौरान मृत्यू भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन पहल गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

4565