-
नेपालमा आइतबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए । थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेकाछन् । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना रहेको उनले बताए ।
नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४५१ पुगेको उनले बताए । त्यस्तै थप १२१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ८७६ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हाल नेपालमा १४ सय ९४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३९ हजार ६३४ वटा पिसिआर परक्षिण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





