-
झापामा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा ग्लोबल आइएमइ बैंक शाखाका प्रमुखको निधन भएको छ भने २ जना घाइते भएका छन्।
दुर्घटनामा परी मेचीनगर नगरपालिका १३, धाइजन बस्ने ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएकाछन्।दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान ज्यान गएको हो।
प्रहरीका अनुसार मेचीनगर १३, चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे।दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर १० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा १० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन्। उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३