-
धनकुटा । महालक्ष्मी नगरपालिका जीतपुर धनकुटामा ४० जनाको मोतियाविन्दुको स्थानीय तहमै निःशुल्क शल्यक्रिया गरिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरी महालक्ष्मी नगरपालिकाले नगरका सबै वडामा आँखा जाँच शिविर सञ्चालन गरेर मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरेको हो ।
फागुन १४ गते देखि २२ गतेसम्म वडाहरुमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ६ सय ६० जनाको आँखा जाँच गर्दा ८१ जनामा मोतियाविन्दुको स्मस्या देखिएकाले ४० जनाको शल्यक्रिया गरिएको हो ।
जसमध्ये अप्रेशन गर्न चाहने ४० जनालाई जितपुर स्थित महालक्ष्मी आधारभुत अस्पतालमा ल्याएर मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।
रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले मोतियाविन्दुको शल्यक्रिया गर्नु भएको हो ।
शल्यक्रिया गर्न विरामीहरुलाई अस्पतालसम्म ल्याउँने, पुर्याउँने व्यवस्था समेत नगरपालिकाले नै मिलाएको थियो . निःश’ल्क शल्यक्रिया गरी औषधि समेत निःशुल्क उपलब्ध गराएर बिरामीहरुलाई गाउँ–गाउँमै पुर्याइएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिनुभयो ।.
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३