-
२०६३ चैत्र ७ गते आजैका दिन मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।
गौर नरसंहार भएको आज १४ वर्ष पुगेको छ । सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादी दुवैले मञ्च बनाएर कार्यक्रम गर्न थाल्दा शुरु भएको झडपले विकराल रुप लिदा २७ जनाको ज्यान गएको थियो । एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।गौर राइसमिलको उतर पट्टि माओवादी र दक्षिण पट्टि फोरमले कार्यक्रमको लागी मंच बनाएका थिए ।
कहाँ–कहाँ कति मारिएका थिए ?
राइसमिल चौरस्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भएको थियो । गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा मारिएकी प्रतिमा खातुनको बलत्कार पछि आगो लगाई हत्या भएको थियो । त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बौधिमाई मन्दिर नजिकै भएको थियो ।
गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सो स्थानमा पूर्व र्सलाही तर्फभाग्दै गरेका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा ११ जनाको नृशंस हत्या गरेका थिए । उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीको बलात्कार पछि आगो लगाएर हत्या गरिएको थियो ।
त्यसैगरी गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुती मारिएको थियो । यसै गरी गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा रमाकान्त चौधरीको हत्या गरेर बाँसघारीमा फालिएको अवश्थामा शव फेला परेको थियो ।
यसैगरी तत्कालीन नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मुडवलवाको चौरछेउ अन्य तीन जनालाई मारिएको थियो । अर्को एक जना मोर्चाकार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको अवश्थामा शव फेला परेको थियो ।
विश्वमै चर्चित बनेको यो नरशंहारको घटना पछि माओवादीका शिर्ष नेताहरु गौर आएर मारिएकाहरुको काठमाण्डौमा सामुहिक दाहसंस्कार गरेका थिए । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





