-
नेपाल चीन बीचको प्रमुख व्यापारीक नाका तातोपानीबाट पहिलो पटक युरिया मल आयात भएको छ। शुक्रबार सम्ममा दुई सय ८० मेट्रिक टन युरिया तातोपानी भन्सार सुख्खा वन्दरगाहमा पुगेको भन्सार कार्यालयले जनाएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चीनको सिगात्से शहरबाट मल तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेको हो।
शुक्रबार चीनको सिगात्सेबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारी दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिना भित्र आफूहरूले जिम्मा पाएको चार हजार मेट्रिक टन युरिया नेपाल आइसक्ने जानकारी दिए। ‘अहिले दैनिक पाँचदेखि सात वटा ४० फुटे कन्टेनरमा मल आयात भइरहेको छ’ शेर्पाले भने ‘बीचमा अन्य कुनै समस्या नआएमा एक महिनामा सबै चार हजार मेट्रिक टन मल ल्याइसक्छौं।’
एउटा कन्टेनरले २ मेट्रिक टन मल ढुवानी गर्न सक्छ। नेपालमा हरेक वर्ष युरिया मल अभाब हुने समस्यालाई निराकरण गर्न उत्तरी नाका चीनबाट आयात परीक्षण गरिएको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले जानकारी दिए। ‘यस अघि दक्षिणी नाकाहुँदै वीरगञ्जबाट मात्र रासायनिक आयात हुन्थ्यो’ पाण्डेले भने ‘केन्द्रबाट भेण्डर खोलेर आयात गर्दा समयमा आइनपुग्ने तथा आयातकर्ताले ल्याउनै कठिनाई भइरहेको थियो।’
पाण्डेले चीनबाट आयात भएको युरिया मल कम्तिमा १० दिनमै नेपाल आइपुग्ने र प्रति किलो दुई देखि तीन रुपैयाँ सम्म सस्तो पर्ने समेत पाण्डेले बताए। चीनबाट आयात भएको युरिया पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे, दोलखा लगायतका नजिकका जिल्लाहरूमा वितरण गर्ने तयारी रहेको कृषि विभागका महानिर्देशक डा गोविन्द प्रसाद शर्माले जानकारी दिए।‘चीनबाट युरिया आयातको ट्रायल सुरु भएको छ’ शर्माले भने ‘चीनबाट छिटो र सुलभ मूल्यमा मल नेपाल आएको र नेपाली किसानले यो वर्षबाट मल अभाव भोग्नु पर्दैन।’
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३