• सरकारले आइतबारवाट अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिएको हो ।

    पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन मन्त्रालयले निर्देशन दिएको छ । पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ । खोपको पूरा मात्रा लगाइसकेर पनि अतिरिक्त खोप लगाउदा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताइन्छ ।

4565