• भारतमा कोरोना संक्रमण बढेसंगै शैक्षिक संस्था बन्द भएका छन् । भारतमा रोजगार तथा अध्ययनमा गएकाहरु स्वदेश फर्किदा सिमामा स्वास्थ्य जाँच प्रभावकारी हुन सकेको छैन । प्रदेश २ को धेरै जिल्ला भारतीय नाकासंग जोडिएको सिममा कडाइ नहुँदा कोरोनाको जोखिम उच्च हुने देखिएको छ ।

    प्रदेश नम्बर दुईमा अहिले कोरोना संक्रमणको सख्या दिनप्रतिदिन बढिरहेको छ । पछिलो समय खुल्ला सिमनाका कारण भारतबाट नेपाल आउने क्रम समेत ह्वात्तै बढेको हो । यस प्रदेशका बिभिन्न नाकाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु ओहोरदोहोर गरिरहेका हुन्छन् । भारतको बिहार राज्यबाट मात्रै होइन, अन्य राज्यबाट समेत दुवै देशका सर्वसाधारण नेपाल भारत ओहोर दोहोर गरिरहन्छन् । प्रदेश २ को विरगज, गैर, जनकपुर लगाएतको नाकामा एक जना चिकित्सक सहितको हेल्थ डेस्क भएपनि सबैको चेकजाँच गर्न मुश्किल छ ।

    वीरगञ्ज क्षेत्रमा पुष्टि भेरियन्टबारे नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । वीरगञ्जमा कोरोना संक्रमण घटेपछि मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेजस्ता सावधानी अपनाउन छोडिएको छ । रोजगारी तथा अध्ययनका लागि भारतका विभिन्न सहरमा गएका नेपाली कोरोना सङ्क्रमणको त्रासका कारण वीरगञ्ज नाका भएर धमाधम घर फर्किन थालेका छन् ।

    भारतीय बजारमा नियमित किनमेल गर्न जाने र आउने नेपालीमा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरको सीमास्थित मुख्य नाका इनर्वामा रहेको हेल्थ डेस्कले दैनिक करिब चार सय जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिरहेको छ । यही नाका भएर दैनिक दुई हजारभन्दा बढी मानिसहरू दैनिक नेपाल भित्रिरहेका छन् । भारतीय नागरिकले नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाण लिएर आउनुपर्ने भनिएपनि त्यो कार्यान्वयनमा छैन । नाका हुँदै आउने मानिसहरुले खोप लगाए नलगाएको, पीसीआर गराएको वा नगराएको जाँच गर्न जनशक्ति अपुग छ ।

4565