-
सरकारले भोलिदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ । पहिलो चरणमा ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई मोर्डनाखोप दिन लागिएको हो । यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४०८ छ । पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । मोडर्ना खोप प्रदेश १ काताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरका बालबालिकालाई दिइने छ । नेपालमा शुत्रबारसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३