-
नेपालमा थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५८ र २ हजार ५ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख २१ हजार ५३६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप दुई जनाको मृत्यु हुँदा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमित भएकामध्ये ८ लाख ९ हजार ३३ जना कोरोना मुक्त भएका छन् । हाल देशभर ५ हजार ४ सय २८ जना संक्रमित रहेका छन् ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३