• नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २ सय र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३६ जना संक्रमण मुक्त हुँदा हालसम्म कोरोना संक्रमित भएकामध्ये ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् ।

    हाल देशभर ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार १ सय ६३ जना होम र ३ सय ४४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १०७ जनाको आईसीयू र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

4565