-
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले दुई सातामा तीन पटक मूल्य वृद्धि गरेको छ । बिद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेलले पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुदा त्यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परेको भन्दै मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताउनुभयो । अहिलेको विरोध साङ्केतिक कार्यक्रममात्र भएको भन्दै सरकारले आफुहरुको कुरा नसुने अन्य संघर्षका कार्यक्रम ल्याउने उहाले बताउनुभयो ।
यस्तै काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि नबढाउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३

इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३