-
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ ।
तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक÷एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए ।
सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । अहिले पनि दैनिक तीन÷चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिए । सापुको शङ्का लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए । रासस
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३