-
सुनसरी । शुभ दीपावली २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत इनरुवाले कात्तीक ३ गतेदेखि कात्तीक ८ गतेसम्म अदालतका नियमित कामकाज बन्द रहने जनाएको छ । अदालतले एक सूचना जारी गर्दै उक्त अवधिमा सार्वजनिक बिदा हुने भएकाले सामान्य मुद्दा र नियमित सेवा स्थगित रहने जानकारी दिएको हो । तर, बिदाको समयमा पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, वन्दी प्रत्यक्षीकरण , सम्बन्धी निवेदनको सुनुवाइका लागि भने विशेष व्यवस्था गरिएको अदालतले जनाएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम, पक्राउ परेका व्यक्तिका हकमा जरुरी आदेश वा अनुमति दिनुपर्ने अवस्थामा अदालत खुला रहने व्यवस्था मिलाइएको हो ।
अदालतका अनुसार कात्तीक ३ गते देखि ८ गतेसम्म शनिबार र भाइटिकाको दिन बाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ । यस अवधिमा वन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक कार्यसम्बन्धी मुद्दा मात्र दर्ता र सुनुवाइ हुने छन् । अदालतले सर्वसाधारण, कानुन व्यवसायी र सम्बन्धित निकायलाई यो व्यवस्था बारे जानकारी गराउन सूचना सार्वजनिक गरेको हो ।
सेवाग्राहीहरूलाई कुनै अत्यावश्यक कानुनी कारणले अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएमा तोकिएको समयभित्र सम्पर्क गर्न सकिने अदालतले जनाएको छ । जिल्ला अदालत सुनसरीका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले हस्ताक्षरित सूचनामा भनिएको छ, “बिदा अवधिभर पनि आवश्यक परेमा अदालत खुला रहने व्यवस्था गरिएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो।
दीपावलीको अवसरमा देशभरका अधिकांश सरकारी कार्यालयहरू बिदा हुने प्रचलन रहे पनि न्यायालयहरूले वन्दी प्रत्यक्षीकरण जस्ता संवैधानिक अधिकारसँग सम्बन्धित विषयमा विशेष खालको निरन्तरता प्रदान गर्ने व्यवस्था गर्दै आएका छन् । यस वर्ष पनि सुनसरी जिल्ला अदालतले यही अभ्यासलाई निरन्तरता दिएको हो ।
News Desk 0 response आइतवार, कार्तिक २, २०८२
अदालतले बिदाको समयमा सेवा आवश्यक परेमा सम्पर्कका लागि सहज वातावरण मिलाउने प्रतिबद्धता जनाएको छ । अदालतका अनुसार उक्त निर्णयले नागरिकका मौलिक हकको सुनिश्चितता र न्यायमा पहुँच सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





