-
इटहरी ।“धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नी लैलै कहाँ हुन्छ मरन…“यस सन्देशमूलक भावले भरिएको लोकदोहोरी गीत ‘धनकुटा धरानको उल्लेखनीय सफलता पछि, पूर्वकी चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्यले यसको दोस्रो श्रृंखला ‘धनकुटा धरान २’ सार्वजनिक गरेकी छिन्।
पूर्वी नेपालको पहाडी भूगोल, सांस्कृतिक धरोहर र पर्यटन सम्भावनालाई समेट्ने उद्देश्यले निर्माण गरिएको यो गीत गायिका गौतमकै शब्द र स्वरमा तयार पारिएको हो ।
लोकप्रिय गायक शम्भु राईसँगको सहकार्यमा बनेको यो गीतले गीत–संगीत प्रेमी दर्शक–श्रोतामाझ पुनः एक पटक गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
“पूर्वको गाउँ रमाइलो ठाउँ, धनकुटा धरान हासखेल गरौं, कुन वेला जान्छ दुईमुठी परान जस्ता बोलका मार्मिक सब्द,भाकाहरुले संस्कृति र जीवनको यथार्थतालाई गहिरो ढंगले समेटेको छ ।

गीतको लय तथा एरेन्ज राम कार्कीले गरेका छन् भने रेकर्डिङ कार्य त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा सम्पन्न गरिएको हो ।
अडियो रेकर्डिङको राजकुमार बगरले गरेको म्युजिक भिडियोमा गीत उतिकै आकर्षक बनेको छ । पूर्वका निर्देशक तुलसी घिमिरेले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई छायांकनका लागि धनकुटा र धरानका रमणीय पर्यटकीय स्थलहरूमा गरिएको थियो ।
दृश्य सामग्रीले पूर्वी पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जीवनशैली र संस्कृति झल्काएको छ ।
गायिका गंगा गौतम आचार्य, धनकुटामै जन्मिएकी कलाकार हुन्, दुइ दशक देखि लोक दोहरी गायनको क्षेत्रमा रहेकी गौतमले हाल सम्म ६ दर्जन भन्दा बढी गीत सार्वजनिक गरिसकेकी छिन्, र अधिकांश गीतहरू लोकधुनमा आधारित सामाजिक, सांस्कृतिक र प्रेरणादायी सन्देश बोकेका छन ।
उनले कोशी प्रदेशका विभिन्न पालिकाहरूमा आयोजना हुने कार्यक्रमहरूमा लोकदोहोरी मार्फत चेतनामूलक प्रस्तुति दिँदै लोक संस्कृतिको जगेर्नामा सक्रिय भूमिका खेल्दै आएकी छिन ्।
उनका गीतहरूमा मौलिक भाका, सांस्कृतिक सन्देश, र पर्यटन प्रवद्र्धनको अभिप्राय पाइन्छ ।
गायिका गौतमले “धनकुटा धरान २ गीतले केवल मनोरञ्जन मात्र नभइ हाम्रो लोक संस्कृतिको महत्व, पहाडी जीवनशैली, र पर्यटनको सम्भावनालाई पनि उजागर गर्दै पूर्वी नेपालका गाउँबस्ती र ती ठाउँका भावना गीत मार्फत बोल्न खोजिएको छ ।
गीत सार्वजनिक भएसँगै गंगा गौतम आचार्यको अफिसियल युट्युब च्यानल मार्फत दर्शक–श्रोताले अत्यधिक मन पराएका छन ।
News Desk 0 response शनिबार, असार २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





