• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न सरकारले आग्रह गरेको हो । स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने मन्त्रालयको भनाइ छ ।

    ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेकाले साबधानी अपनाउनुपर्ने मन्त्रालयको भनाइ छ । कोरोना भएको सात दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउन सुझाव पनि दिएको छ । कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने मन्त्रालयको भनाइ छ ।

4565