-
सरकारले आइतबारवाट अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिएको हो ।
पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन मन्त्रालयले निर्देशन दिएको छ । पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ । खोपको पूरा मात्रा लगाइसकेर पनि अतिरिक्त खोप लगाउदा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताइन्छ ।
News Desk 0 response शनिबार, माघ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३