• कोरोना भाइरस नयाँ भेरिएन्ट ओमिक्रोन समुदायस्तरमा फैलिन नदिन सरकारले जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ जाँचमा कडा गर्न निर्देशन दिएको छ । तर बागलुङ सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेक्स स्थापना नहाुदा संक्रमणको खतरा बढेर गएको छ ।

    कोरोना भाइरस कोभिड १९ को तेस्रो भेरिएन्ट ओमिक्रोनिक नेपालमा भित्रीए पनि अहिलेसम्म यसलाई रोकथाम गर्ने बारे बागलुङ जिल्लामा कुनै स्वास्थ सतर्कता अपनाइएको छैन । जिल्ला प्रवेश गर्ने मुख्य प्रवेशद्वार मालढुंगा नाकामा हेल्थ डेक्स नराखिदा कोरोना फैलिने दर बढेर गएको छ । छिमेकी मुलुक भारत लगायत ठाउँ बाट प्रवेश गरिने बागलुङ नगरपालिका वडा नम्बर १ मालढुंगा नाकामा चेकजाँचको लागि प्रहरी चौकी रहेपनि जिल्ला प्रवेश गर्ने र बाहिर जाने ब्यक्तिहरूको सामान्य स्वास्थ चेकजाँच गर्ने हेल्थ डेक्स नहुदा कोरोना समुदाय स्तरमा फैलिने खतरा बढेर गएको छ ।


    बागलुङ सदरमुकाम प्रवेश गर्ने मुख्य नाका र बागलुङको चोक चोकमा एन्टीजेन परिक्षणलाई प्राथमिकता दिएको नगरपालिकाको भनाइ छ । हेल्थ डेक्स स्थापनाका साथै सतर्कता अपनाउने कार्यक्रम प्राथमिकतामा रहेको नगरपालिकाले बताएको छ ।कोरोना भाइरस कोभिड १९ को जोखिम कम गर्न सार्वजनिक सवारी चालक र यात्रुलाई अनिवार्य रूपमा मास्क लगाउन ट्राफिकले निगरानी बढाएको छ ।

    भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिनु पर्ने निति भए पनि त्यसको पालना भएको छैन । अलि समस्या देखिए अर्को हेल्थ डेस्कमा परीक्षण गर्ने, यदि कोरोना भेटिएमा तत्कालको लागि आइसोलेसन वार्डमा राख्नु पर्ने भएपनि त्यसको ब्यबस्थापन अहिलेसम्म गरिएको छैन ।

4565