• सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सूरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइदै छ ।

    काठमाडौंमा १२ वर्ष देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना तथा फाइजर खोप लगाउन थालिएको छ । उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ । भक्तपुरमा भने गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलवारबाट फाइजर खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौका अनुसार पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै बालबालिकालाई खोप दिने छ ।

    काठमाडौंमा १२ देखि १७ वर्ष सम्मका बालबालिकाको संख्या दुई लाख ४० हजार भक्तपुरमा ५० हजार र ललितपुरमा ७१ हजार रहेको स्वास्थ्य कार्यालयहरुको तंथ्यांक छ । तंथ्यांकका आधारमा पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर किशोरीलाई खोप दिइने छ । यसैगरी काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइने छ । साथै विद्यालय नगएका तर १२ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् । साथै खोप अभिायानमा खोप लागाउन छुटेका बालबालिकालाई खोप प्रदान गर्न सात दिनको क्यानपेन संचालन गरेर खोप दिइने योजना रहेको स्वास्थ्य कार्यलय काठमाडौंको भनाइ छ ।

    कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डका साथै खोप महत्वपूर्ण मानिदै आएको छ । अझ पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले १२ देखि १७ वर्ष सम्मका बालबालिकामा थप जोखिम बढेको छ । त्यसैले आफ्ना बालबालिकालाई कोरोना संक्रमणको जोखिमबाट बचाउन तोकिएको खोप केन्द«मा लगेर खोप लगाउनु जरुरी छ ।

4565