-
सरकारले पुस महिनासम्म १८ वर्षभन्दा माथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने जनाएको छ । पर्याप्त मात्रामा खोप भित्रिएकाले यो महिनाको अन्तिमसम्ममा ६६ प्रतिशतलाई खोप उपलब्ध गराउने तयारी सरकारले गरेको हो । चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
अहिलेसम्म सबैभन्दा बढी बागमती प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन । दुवै मात्रा खोप लगाउने ६१ प्रतिशत छन् । प्रदेश दुईमा दुई मात्रा खोप लगाउनेको संख्या सबैभन्दा कम २४ प्रतिशत छ । कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशतले दुई मात्रा खोप लगाएका छन ।
प्रदेश एकमा ४४ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत र लुम्बिनीमा ४० प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन । नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइससकिएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ ।
नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३ सय ३० मात्रा खोप आइसकेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो । अहिले नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ ।
एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको हो । विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको छ ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३