-
स्वास्थ्यमन्त्री बिरोध खतिवडाले अध्ययन गरेको विद्यालयबाटबाट बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको छ । मन्त्री खतिवडाले अध्ययन गरेको हेटौंडाको भुटनदेवी माध्यामिक बिद्यालयबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप अभियान सुरु भएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार भुटनदेवी माविबाट १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् ।
आइतबारबाट सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका विभिन्न विद्यालयमा ५३ हजार विद्यार्थीहरुलाई मोर्डना खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । देशभरका ५७ वटा जिल्लामा आइतबारबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिएका छन् । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका २ लाख बढी बालबालिकालाई कोरोना विरूद्धको मोर्डना खोप लगाउन सुरु गरिएको बताइन् ।
उनका अनुसार आइतबारबाट बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको र अन्य जिल्लामा पनि छिटै नै खोप अभियान सुरु गरिनेछ । सबै जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई खोप लगाउने उनले जानकारी दिइन् ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





