-
नेपालमा थप ४ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय १५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २२ र ३ हजार १ सय ७२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख ८ हजार एक सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ९९, ललितपुरमा ३६, कास्कीमा ३३, झापामा ३०, रुपन्देहीमा २९, चितवनमा २७, मोरङमा २५, सुनसरीमा २२ र नुवाकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ५५ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कूल संक्रमितमध्ये ७ लाख ९२ हजार ८ सय ३२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ९ हजार १ सय ७४ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४ सय ६८ जना होम र ७ सय ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २ सय ४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० हजार ८ सय १८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





