• नेपालमा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार १ सय १७ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय २३ जना र ३ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ४६ हजार १ सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण १० हजार ७ सय ५० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा १ हजार ७ सय ८६ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा कूल संक्रमितमध्ये ७ लाख १६ हजार ३ सय ६ संक्रमित कोरोना मुक्त भएका छन् ।

    हाल ३५ हजार ५ सय ९१ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २९ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३९ लाख १५ हजार १ सय ४६ वटा नमुना पिसिआर र ४ लाख ६८ हजार ९ सय ४५ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565