• पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरको वडा कार्यलय तोडफोड भएको छ । वडा कार्यलयका अनुसार रातको समयमा वडा कार्यालय, स्थानीय पञ्चकोशी मावि र एक मन्दीर र केही निजी घरमा तोडफोड भएको हो ।

    चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं १४ को कार्यालय, पञ्चकोशी माबि र देबी मन्दिरमा समेत तोडफोड र चोरी गरेको वडा अध्यक्ष भिम प्रसाद गुरुङले बताएका छन । वडा, कार्यलयको दराज कम्प्युटर र फोटोकपि मेसीन विगारेको छ । बिद्यालय र मन्दिरमा दराज तोडफोड गरिएको अबस्थामा भेटिएको वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले बताए ।

    । दराजहरु तोडफोड गरिएको भएपनि अन्य सामाग्रीहरुमा समेत क्षती पुगेको वडाले जनाएको हो । यस्तै विद्यालयको अफिस कोठामा समेत तोडफोड गरी चोरी भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ । श्रृङ्गखलाबद्ध रुपमा मानिस रहेकै घरमा चोरी भएको पाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा स्थानियको समेत सहयोगमा तोडफोड भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबाट अनुसन्धान शुरु गरिएको छ ।

4565